Saturday, May 31, 2025
Radio Janakpur 97 Mhz
Your browser does not support the audio element.
  • होमपेज
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Radio Janakapur, radiojanakpur 97 mhz,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

बारामा चिसोले जनजीवन प्रभावित, नियमित उडान २ सातादेखि अवरुद्ध

रेडियो जनकपुर by रेडियो जनकपुर
January 20, 2024
A A
0
बारामा चिसोले जनजीवन प्रभावित, नियमित उडान २ सातादेखि अवरुद्ध
193
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

बारा । लगातार २ सातादेखि बढेको चिसो र शितलहरले बाराका स्थानीय गरिब र विपन्न परिवारहरू बढी प्रभावित भएका छन् । बिहानदेखि नै लागेको बाक्लो हुस्सु शितलहरसँगै दिनभर लागेको कुहिरोका कारण घाम नलागेपछि जनजीवन प्रभावित बन्न थालेको हो ।

सोही कारण सिमरा विमानस्थलबाट हुने नियमित उडान समेत २ सातादेखि प्रभावित भएको छ । सिमरा विमानस्थल मौसम शाखाका कर्मचारी प्रतिष्ठा अधिकारीले हुस्सु र शितलहरका कारण २ सातादेखि विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको बताएकी छन् ।

Related articles

बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

May 24, 2024

ग्लो टु ग्लो

May 8, 2024

‘दुई हप्ता भयो छिटफुट बाहेक सबै हवाई उडान अवरुद्ध छ, अझै कति दिन यस्तै हुन्छ भन्न सकिँदैन’ अधिकारीले भनिन्, ‘हवाई उडान हुनलाई न्युनतम् २ हजार ५ सय भिजिबिलिटी चाहिन्छ तर आज भिजिबिलिटी एक हजार पनि पुगेन ।’

सिमरा विमानस्थलबाट दैनिक एक दर्जन बढी हवाई उडान हुने गर्दछ तर पछिल्लो २ सातादेखि छिटफुट बाहेक हवाई उडान ठप्प प्राय छ । सिमरा विमानस्थल मौसम शाखाका अनुसार यस वर्ष सबैभन्दा चिसो जनवरी १५ तारिकका दिन न्युनतम तापक्रम ५ दशमलव २ डिग्री रहेको थियो । यो साता न्युनतम् तापक्रम १० डिग्रीभन्दा कम छ भने उच्चतम तापक्रम १२ डिग्री रहेको छ ।

केही दिनदेखि लागेको बाक्लो कुहिरोसँगै चल्ने चिसो हावाले मानिसहरू घरबाहिर निस्कन सकेका छैनन् । बजार तथा सहरमा मानिसको चहलपहल निक्कै कम भएको छ । चिसोका कारण जिल्लाका सामुदायिक तथा निजी विद्यालयहरू बन्द छन् ।

परवानीपुर गाउँपालिका–५ का बौअरीका ७३ वर्षीय मोहनप्रसाद पटेलले जाडोमा कुनै नेताहरूले गरिब जनतालाई नहेरेको गुनासो गरे । ‘गरिब मान्छेलाई जाडोमा ओढ्ने चाहियो, खानलाई पेटमा रासन चाहियो, दाउरा चाहियो यो बाहेक अरू केही छैन, नेताहरूलाई गरिब जनता मरोस् कि बाँचोस् केही मतलब छैन’ स्थानीय वृद्ध पटेलले भने, ‘पोहोर, परार साल दाउरा, कम्मल पनि बाँडेको थियो, अहिले केही छैन, हामीले कोसँग माग्न जाने ।’

कोल्हवी नगरपालिका १ की ७० वर्षीय पशुपति थारुले पनि जाडो बढेकोले गाउँमा बूढाबूढीहरूलाई धेरै गाह्रो भएको बताइन् । ‘हामी बुढाबुढी मान्छेलाई धेरै गाह्रो भएको छ, अहिलेसम्म कसैले केही सहयोग गरेको छैन’ थारुले भनिन् । पछिल्लो समय चिसो बढ्दै गएपछि डिभिजन वन कार्यालयले बाराका ११ र पर्साको ४ वटा स्थानीय तहमार्फत आगो ताप्न दाउरा वितरण गरेको जनाएको छ ।

वन अधिकृत नेपाली साहले बाराका ११ वटा स्थानीय तहलाई ४५ चट्टा र पर्साको ४ वटा पालिकालाई ७ चट्टा दाउरा आगो ताप्नका लागि दिइएको बताएका छन् ।

सामान्यतया एक चट्टामा ३ देखि ४ ट्याक्टर दाउरा हुने गर्दछ । चिसो बढेसँगै सडक दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक कार्यालय बाराले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ भने जिल्ला जनस्वास्थ्य कार्यालयले पनि चिसोबाट जोगिन बालबालिका र वृद्ध वृद्धाको विशेष ध्यान दिन अनुरोध गरेको छ ।

Share77Tweet48

Related Posts

बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

by रेडियो जनकपुर
May 24, 2024
0

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सङ्घीय सरकारले घोषणा गरेको कार्यक्रम बिर्सिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत बालेनले प्लास्टिकजन्य...

ग्लो टु ग्लो

by News Desk
May 8, 2024
0

संकटमा प्रचण्ड दिनगन्ति शुरु ।

by News Desk
May 7, 2024
0

संसद्को बजेट अधिवेशन आह्वान रातोपाटी संवाददाता

by News Desk
May 2, 2024
0

आज बिश्व श्रमिक दिवस

by News Desk
May 1, 2024
0

Load More

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
बारामा चिसोले जनजीवन प्रभावित, नियमित उडान २ सातादेखि अवरुद्ध

बारामा चिसोले जनजीवन प्रभावित, नियमित उडान २ सातादेखि अवरुद्ध

January 20, 2024
बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

May 24, 2024
श्रम स्वीकृति लिएर विदेश जाने ६ महिनामा तीन लाख

श्रम स्वीकृति लिएर विदेश जाने ६ महिनामा तीन लाख

January 20, 2024
अयोध्या जाने श्रद्धालुका लागि भारतीय रेल जनकपुरधाम आउँदै, साँझबाट बुकिङ

अयोध्या जाने श्रद्धालुका लागि भारतीय रेल जनकपुरधाम आउँदै, साँझबाट बुकिङ

January 20, 2024
मधेस प्रदेश सरकारका एक वर्षे उपलब्धि सार्वजनिक

मधेस प्रदेश सरकारका एक वर्षे उपलब्धि सार्वजनिक

0

काठमाडौंबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने

0
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै

कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै

0
हात्तीले दैनिक घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य

हात्तीले दैनिक घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य

0
बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

May 24, 2024

ग्लो टु ग्लो

May 8, 2024

संकटमा प्रचण्ड दिनगन्ति शुरु ।

May 7, 2024

संसद्को बजेट अधिवेशन आह्वान रातोपाटी संवाददाता

May 2, 2024

  • Privacy Policy

© Radio Janakpur 97.0 Mhz

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध