नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रम क्षेत्रका विभेद् हटाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै उनले श्रमजीवी वर्गको हक, हित तथा अधिकार सुनिश्चित नभएसम्म मुलुकको विकास र रूपान्तरण हुन नसक्ने बताए।