काठमाडौ । पत्रकार दिपेन्द्र खनियाँ आफ्नो डेरा अगाडी रहेको बरण्डामा झुण्डिएको अवस्थामा भेटिएका छन् । रेडियो अडियोका संचालक खनिया थापागाउँस्थित आफै बसेको ठाउँमा मृत भेटिएका हुन् ।

एक छोरी र श्रीमतीसहित बस्दै आएका खनियाँको मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरिहेको छ ।