काठमाडौं । राष्ट्रिय भवन संहिता कार्यन्वयनमा आएकाे छ । संहिता बिहीबार राजपत्रमा प्रकाशित भएसँगै कार्यन्वयनमा आएकाे हाे ।

संहिता जलविद्युत आयाेजनाका बाँध, विद्दुतगृह,सुरुङलगायत भूमिगत संरचना निर्माणका लागि पनि मार्गदर्शक बन्ने सहरी विकास मन्त्रालयले जनाएकाे छ ।

उक्त मन्त्रालयले स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई संहिताकाे अक्षरस: पालना गर्न आग्रह गरेकाे छ ।