काठमाडौं । काठमाडौं जिल्ला अदालतको मूल भवनमा गत भदौ २४ गते GNG-Z आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण अदालतको मूल भवन, व्यवस्थापन प्रणाली (CMS) तथा इमेल सेवा अवरुद्ध भएको छ। यस कारण कैदमा रहेका प्रतिवादीहरूले जरिवाना, क्षतिपूर्ति शुल्क वा विगो बुझाई थुनामुक्त हुन चाहेमा काठमाडौं जिल्ला अदालतको तेस्रो भवनको भुईँतलामा रहेको तहसिल शाखामा सम्पर्क गर्न अदालतले अनुरोध गरेको छ।

अदालत खुलेको दिन कार्यालय समयमा सम्पर्क गर्नुपर्ने अदालतले जनाएको छ। यसै सन्दर्भमा जानकारीका लागि तहसिल शाखाका विभिन्न कर्मचारीहरूको सम्पर्क नम्बर सार्वजनिक गरिएको छ।