काठमाडौ । श्रीमतीले बहुविवाह गरेको मुद्धा दायर गरेपछि नेपाल प्रहरीक प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् ।

उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए । उनलाई रुपन्देशी प्रहरीको टोलीले पक्राउ गरेको हो ।

आफूमाथि मुद्धा परेको थाहा पाएपछि डिएसपी मधु प्रहरीमा आफै उपस्थित भएको जनाउँदै अदालतबाट तीन दिन म्याद थप गरेर अनुसनधन भैरहेको प्रहरीले जनाएको छ ।