सिरहा । चर्चित ब्राउन शुगर कारोबारी सिरहा , लहानका राजन चौधरी पैसा सापट लिएर सम्पर्कबिहीन भएको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचारअनुसार उनले ललितपुरको महालक्ष्मिस्थान नगरपालिकाको टिकाथली क्षेत्रमा बसोबास गरिरहेका आफू निकटका लहानबासीहरूसँग कहिले कोठा भाडा तिर्न , केहीसँग तरकारी खान समस्या छ भन्दै सापट लिएको पैसा फिर्ता नगरी सम्पर्कबिहिन भएका हुन् । उता सिनामङ्गलस्थित एक होटलमा खाएको पैसा समेत उनले नतिरेको बताईन्छ ।

‘ कोठा भाडा नतिरे घरबेटीले निकालिदिन्छु भनेको छ भनेर केही दिनलाई भनेर पैसा सापट मागेपछी चिनजानको भाई भनेर दिएँ ‘ सम्पर्कमा आएका एक पिडितले भने – ‘ तर अहिले राजनले मेरो फोन समेत ब्ल्याकलिष्टमा राखेको छ । ‘
ति पिडितले अगाडी भने – ‘ बुझ्दै जाँदा म सँग मात्रै होईन , धेरैजनासँग पैसा सापट लिएर सम्पर्कबिहीन भएको रहेछ । ‘ राजनको बुवा चिनजानका भएकाले पैसा उठाउन कानुनी पहल नगरेको उनको भनाई छ ।

राजनले आफू प्रहरीको मान्छे भएको बताउँदै ललितपुरको महालक्ष्मिस्थान , टिकाथली क्षेत्रमा खुल्लामखुल्ला लागुओैषध ब्राउनशुगरको कारोबार गर्दै आएको बताईन्छ । कुनैबेला राजनकै समूहमा आबद्व रहेका र लागुपदार्थ बेचबिखन केशमा जेलमा सजाय भोगिरहेकाहरूका अनुसार राजनले सिरहाको दक्षिणी सिमाबर्तीक्षेत्रबाट चोरबाटोहुँदै लहानबाट खैरो हिरोईन ब्राउन शुगर उपत्यका भित्र्याउने गरेकाछन् ।
करिब २८ बर्षिय राजनले ललितपुरको महालक्ष्मिस्थानको बोझेपोखरी , कृष्ण मन्दिर , ईमाडोल , रातामकै चोक , पवनप्रकृती , हबभ्याली स्कूल , टिकाथली क्षेत्रमा बिक्रिवितरण गर्दैआएको बताईन्छ ।
स्थानियहरूले कलेज पढ्दै आएका आफ्ना सन्तानहरूलाई ब्राउन शुगर होम डेलिभरी नै गरिदिनथालेपछी डेलिभरी गर्ने सिरहा, लहानको राजन चौधरी भएको पहिचान गरेर प्रहरीको १०० मा उजुरी गरेपनि प्रहरीले राजनलाई पक्रन चासो नदिएको बताए ।
अभिभाबकहरूका अनुसार प्लाष्टिकमा पोका बनाएर मोटरसाईकलबाट राजनले ब्राउन शुगर डेलिभरी गर्दै आएकाछन् ।
यसक्षेत्रका डेराभाडामा बस्ने मधेशका युवाहरू पनि राजनको ब्राउन शुगरको रेगुलर ग्राहक भएको बताईन्छ ।
राजन चौधरीलाई चिन्नेहरू राजनले बिगत ५ बर्षदेखी ब्राउन शुगरको बेचबिखन गर्दै आएकाछन् ।

जेल सजाय भोगेर निस्किए

केही समयअघी ब्राउन शुगर सहित रङ्गेहात पक्राउ परेका राजन चौधरी ६ महिना जेल सजाय भोगेर निस्किएका लागुपदार्थ कारोबारी हुन् । काठमाडौं प्रहरीले राजनलाई ३ ग्राम खैरो हिरोईन ब्राउन शुगरसहित पक्राउगरि मुद्दा चलाएको थियो ।
सजाय भोगेर जेलमुक्त भएलगतै राजनले पुन: ब्राउन शुगरको कारोबार सुरू गरेको राजन निकटहरू बताउँछन् । हालै बैबाहिकजिबनमा बाँधिएका राजन टिकाथलीक्षेत्रका ब्राउनशुगरको डिलर मानिन्छन् ।
प्रहरीस्रोतकाअनुसार ललितपुर प्रहरीले राजनलाई पक्राउ गर्न अभियान नै चलाएपनि कतिपयअबस्थामा आफू प्रहरीकै सहयोगी भनेर उम्कने गरेकाछन् ।
राजनको नयाँबानेश्वर – सिनामङ्गल क्षेत्रमा डेरा रहेको प्रहरीको अनुमान छ ।
राजनबारे सबैथोक जानकारी भएपनि प्रहरीले राजनलाई पक्राउ गरेर कानुनी कार्बाही अघि नबढाउनुलाई रहस्यकासाथ हेरिएको छ ।