काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले सामाजिक सञ्जालमार्फत् मंगलबार उनको उनको निधन भएको पुष्टि गरेको छ ।

बीएनपीले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको मंगलबार बिहान ६ बजे, बिहानी नमाजको केही समयपछि निधन भएको जनाएको छ ।

पाँच दिनअघि मात्र उनका छोरा तारिक रहमान १७ वर्षपछि लन्डनबाट ढाका फर्किएका थिए । खालिदा पछिल्लो केही महिनायता अस्वस्थ थिइन् ।

चार दशकभन्दा लामो समयदेखि बंगलादेशको राजनीतिमा सक्रिय खालिदाले पतिको मृत्युपछि बीएनपीको नेतृत्व सम्हालेकी थिइन् ।