जनकपुर । रोशनी झाको मृत्यु प्रकरण अझै रहस्यको घेरामा रहेको छ । मृत्यु भएको १२ दिन बितिसक्दा पनि उनको मृत्युको कारण अझै खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुगम कुवरले घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको बताए । उनले भने– सिआइबीको टोली समेत आएर घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । अझै अनुसन्धान गर्नका लागि १२–१४ दिन म्याद रहेको छ । अनुसन्धानकै पिरियड रहेकोले अहिले नै घटनाका सम्बन्धमा यही हो भनेर भन्न सकिदैन ।

सिआइबीका टोलीले अनुसन्धान थालेसँगै यही घटनालाई जोडेर दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नकपुरधाम वडा नम्बर ३ स्थित देवान पोखरी क्षेत्रका ४५ वर्षीय सचिन झा र उनका छोरा १५ वर्षीय प्रतीक झा रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने प्रशान्तका भिनाजु र भान्जा हुन् ।

प्रहरीले सत्यताको नजिक पुगिसकेको भन्दै घटनाका सम्बन्धमा छिट्टै सत्यतथ्य बाहिर आउने समेत जनाएको छ ।

रोशनीको आफन्तहरुले भने उनको मृत्यु स्वभाविक नभई हत्या भएको भन्दै विभिन्न चरणको आन्दोलन गरिरहेका छन् । रोशनीका श्रमिान प्रशान्त मिश्रलाई थुनामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।