काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी पार्टी सभापतिमा उठ्ने घोषणा गरेका छन् । उनले सामाजिक संजालमार्फत पार्टीको सभापतिमा उठ्ने घोषणा गरेका हुन् ।

प्रखर र स्पष्ट वक्ताका रुपमा पार्टी भित्र र बाहिर छवि बनाएका नेता भण्डारी शेखर कोइराला समूह निकट मानिन्छन् ।

उनले सामाजिक संजाल फेसबुकमा भनेका छन्, ‘साथीहरूको जिज्ञासा मेरो धारणा । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित ।’

‘देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु,’ उनले भनेका छन्, ‘साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।’