जनकपुरधाम । १४ वर्षीय बालिकालाई होटेलमा बन्धक बनाई बलात्कार गरेको आरोपमा एमाले नेतासहित चारजनलाई प्रहरीले पक्राउ गरेको छ । दुइ साता अघि बालिकालाई मिथिला चिरायु होटेलमा बन्धक बनाएर बलात्कार गरेको उजुरीपछि एमाले नेता शिवशंकर साह(हिरा) सहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त होटलको संचालक समेत रहेका हिरा गएको स्थानीयतहको निर्वाचनमा एमालेबाट जनकपुर उपमहानगरपालिकाको प्रत्यसी रहेका थिए । यसअघि नै उनका दाजु मनोज साह पक्राउ परिसकेका छन् । दाजु पक्राउपछि भारतको बिहारमा रहेका हिरालाई पनि प्रहरीले पक्राउ गरेर ल्याएको हो ।

मंगलबार साँझ भारतको सीतामढीबाट हिरालाई पक्राउ गरेर धनुषा प्रहरीलाई जिम्मा लगाइएको छ ।

हिरा प्रदेश उद्योग वाणिज्य संघ मधेशका पूर्वअध्यक्षसमेत छन् । यही मुद्दामा फलसोम क्याफेका म्यानेजर अमित ठाकुर र बालिकाका मामासमेत पक्राउ परेका छन् ।