जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेशसभा सदस्यबाट बर्खास्तमा परेका प्रदेशसभा सदस्य कञ्चन बिच्छाको पद जोगिएको छ । सर्वोच्च अदालतले मधेस प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेसँगै उनको पद जोगिएको हो ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले मंगलबार बिच्छालाई प्रदेशसभा सदस्यको हैसियतले नियमित कार्य गर्नबाट वञ्चित नगर्नु भनी अन्तरिम आदेश दिएको हो ।

यस्तै अदालतले सांसद बिच्छालाई पदबाट हटाएको भनी राप्रपाले मधेस प्रदेशसभामा पेश गरेको पत्र कार्यान्वयन नगर्नरनगराउन भनी आदेश समेत दिएको छ ।

पार्टीको निर्णय विपरीत मधेस प्रदेशमा एमालेका सरोजकुमार यादव नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएको भन्दै बिच्छालाई स्पष्टीकरण सोधेको थियो । बिच्छाको स्पष्टीकरण चित्त नबुझेको भन्दै राप्रपाले सांसद पदबाट हटाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध उनी सर्वोच्च गएकी थिइन् ।