काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मिति नजिकिदै जाँदा तयारी तीव्र बनाईएको छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या अध्यावधिक गर्ने कार्य अन्तिम चरणमा रहेको पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ ।

संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा दुई हजार ६ सय १३ जना सहभागी हुनेछन् । यसमध्ये २ हजार १ सय ५४ जना प्रतिनिधि निर्वाचित भएर आउने छन्।

एकसय ८ जना प्रतिनिधि केन्द्रबाट मनोनित हुने अधिकारीले जानकारी दिए । प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी हुनेछन्।