जनकपुरधाम । जनकपुरधामस्थित हाेटेल मिथिला चिरायुमा नाबालिका बालिकालाई राखी सामुहिक रुपमा जबरजस्ती बलात्कार गरेकाे अभियाेगमा एक जना पक्राउ परेका छन् ।

चार जनाकाे समूहले ती बालिकालाई बन्धक बनाई बलात्कार गरेका थिए ।

उनीहरुमध्ये एक जना पक्राउ परेकाे र अन्य तीन जना फरार रहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

उनीहरुकाे विषयमा थप अनुसन्धान भैरहेकाे समेत प्रहरीले जनाएकाे छ ।