काठमाडौं । भारतको गोवास्थिति एक नाइट क्ल्वमा आगलागी हुँदा चार नेपालीको ज्यान गएको छ । गत शनिबार आगलागी हुँदा २५ जनाको मृत्यु भएकोमा चार नेपाली रहेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

 

ती अधिकारीका अनुसार मारिनेमध्ये २० जना नाइट क्लवकै कर्मचारी र ५ जना पर्यटक हुन् । कर्मचारीमध्ये तीनजना नेपालका भएको अधिकारीहरुले बताएका छन् ।

भारतीय सञ्चारमाध्यमले मारिने २५ जनाको नाम सार्वजनिक गरेका छन् । उनीहरुमध्ये नेपालका चुर्नबहादुर पुन, विवेक कटवाल, सविन (थर नखुलेको) र सुदीप (थर नखुलेको) रहेका छन् भने उनीहरुको पुरा ठेगाना खुलाइएको छैन ।