जनकपुरधाम । विवाहपञ्चमी मेला नजिँँकिदै जादा जनकपुरमा सरसफाई कार्यक्रमले व्यापकता पाएकाे छ । यही मंसिर ९ गते बिबाहपञ्चमी मेला लाग्दैछ ।

यसैकाे तयारी स्वरुप बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्काे अगुवाइमा बाह्रविगाहामा सरसफाइकाे कार्यक्रम तिव्र बनाईएकाे छ ।

सरसफाई तथा मैदानलाई सम्याउने काम अहिले भैरहेकाे छ । विवाहपञ्चमी जति जति नजिक भयाे त्यति त्यति यहाँकाे राैनक बढ्दै गईरहेकाे छ । बिबाह पञ्चमीमा भिडभाड बढी हुने भएकाेले त्यसलाई व्यवस्थित पार्नका लागि बाह्र बिगाहा क्षेत्रमा विशेष खालकाे व्यवस्था गर्न लागिएकाे छ ।

 

जिल्ला समन्वय समिति धुनषाका सभापति राजनन्दन यादवले विवाहपञ्चमी मेलाकाे अवसरमा भक्तजनहरुकाे भिडलाई व्यवस्थित गराउन र बाह्रबिगाकाे महत्वलाई बचाईराख्नका लागि यस जग्गालाई पनि व्यवस्थित गराउनुपर्नेमा जाेड दिनुभयाे ।

 

यस्तै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष सितल साहले बाह्र बिगाह क्षेत्रलाई व्यवस्थित गराउनका लागि नेिाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, उपमहानगरपालिका र स्थानीय संघसंस्था, राजनीतिक दलका प्रतिनिधिकाे सहयाेगमा सरसफाई कार्यक्रम भैरहेकाे बताउनुभयाे ।

विवाहपञ्चमीमा नेपाल मात्र नभएर विभिन्न देशबाट भक्तजनहरु आउने र भिडभाड व्यवस्थित गराएर उनीहरुलाई जानकी मन्दिरकाे दर्शन गराउनपर्ने छ । यसका लागि विवाह उत्सव नजिकिदै यहाँकाे सरसफाईलाई व्यापकता बनाईएकाे हाे ।