जनकपुर ।मधेस प्रदेशकाे प्रदेशसभा बैठक बस्दैछ ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि दर्ता भएको महाभियोगमाथि छलफल गर्न प्रदेशसभा बैठक बस्न लागेकाे हाे । आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा सहभागिताको लागि प्रदेश सभा सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत जानकारी पठाएको हाे ।