1.   राहुल साह – अब अझै गर्नु छ पत्रकारिता । आवाज विहिनहरुको आवाज बन्ने प्रयासरत छु । यात्रा कठिन त छ तर असम्भव छैन । यात्रा गरिरहँदा आरोप लगाउने , खुट्टा तान्नेहरु पनि यो समाज नभएका होइनन् । बस चिरेर अगाडि बढ्नु पर्छ । राष्ट्रियताको सवालमा मेरो लागि किन्तु परन्तु, कमा फुलिस्टप केहीलाई स्थान छैन् । बस एक ढिक्का भएर लडिरहन्छु । तपाईको साथ रहोस , कठिन भन्दा कठिन यात्रा गर्न म तयार छु ।