मिति २०८२ साल कार्तिक १ गते शनिबारका दिन लक्षमीनिया गाउँपालिका वडा न‌‌‌ ४ सपही टोलमा गाउँपालिका स्तरीय सिजन २ क्रिकेट प्रतियोगिता आयोजना गरीएको छ । लक्ष्मीनिया गाउँपालिकाका वडा अध्यक्ष श्री रमेश साहज्यूका अध्यक्ष्ता तथा प्रमुख अतिथि नेपाली कंग्रेसका प्रभावशाली युवा नेता श्री नवलकिसोर यादवद्धारा रिवन काटी “गाउँपालिका स्तरीय सिजन २ क्रिकेट टूर्नामेन्ट” को उद्घाटन समारोह आज सम्पन्न भएको छ।

उक्त गाउँपालिका स्तरी क्रिकेट टुर्नामेन्ट सिजन २ का व्यावस्थापनका सम्पुर्ण जिम्मा वडा अध्यक्ष श्री रमेश साहज्यूका सहयोगमा आयोजना गरिएको छ ।

उद्घाटन कार्यक्रममा प्रतियोगिता सञ्चालन, नियम तथा भाग लिने टोलीहरुको संख्या, खेल तालिका र पुरस्कार घोषणा गरियो। उद्घाटन खेलमध्ये पहिलो म्याच सपही रोयल र सिंगरजोडा विच आजै लडिने व्यवस्था गरिएको छ जसले प्रतियोगितालाई औपचारिक रुपमा सुरु गराएको हो।

खेलकुद प्रेमी, युवाहरु तथा स्थानीय समुदायले ठूलो उत्साहका साथ उद्घाटन कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए। सहभागी टोलीहरुमा गाउँपालिकाका विभिन्न वडाहरुबाट आएका छन् र उनिहरुले सीजन २ मा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ मैदान उत्रिने बताएका छन्।

प्रतियोगिताको मुख्य उद्धेश्य स्थानीय स्तरमै खेलकुद संस्कार प्रवद्र्धन गर्नु, युवा प्रतिभाहरुलाई अघि ल्याउनु र सामुदायिक सहभागितालाई प्रोत्साहित गर्नु रहेको आयोजकले बताए।

आजको उद्घाटनपछि प्रतियोगिता आगामी दशदिनसम्म चल्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा कुल ८ वटा टोली सहभागी भएका छन् र विजेता टोलीलाई नगद ५१,००० नगद सहित ट्रफी तथा उपविजेतालाई रु ३६,००० नगद सहित ट्रफी प्रदान गरिनेछ।