1. जनकपुरधाम ,असोज २९ गते,बुधबार । मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र सोनल बुधबार मधेश प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनारलाई आज साँझ मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

यसअघि सतिश कुमार सिंह मुख्यमन्त्री रहेका थिए। सिंहले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।