सन्तोष कुमार यादव

जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठास्थित दुर्गा मूर्ति विसर्जनको क्रममा मुस्लिम समुदाय र हिन्दु समुदायबीच २०८२ असोज १७ गतेदेखि झडप हुँदै आएका थिए।

विगत केही वर्षदेखि रुपैठास्थित केही मुस्लिम समुदायले हिन्दु समुदायको चाडपर्वमा बलपूर्वक अवरोध उत्पन्न गर्ने गरेको आरोप छ। केही दिनअघि गणेश मूर्ति विसर्जनको क्रममा समेत मुस्लिम समुदायले पत्थरबाजी गरेपछि झडप भएको स्थानीयवासीले बताएका छन्।

असोज १९ गते नयाँ आशा एफएममा कार्यरत पत्रकार कमला नगरपालिका–२ का ३६ वर्षीय पुरुषोत्तम यादव, रेडियो मिथिलाका स्टेशन म्यानेजर धनुषाधाम नगरपालिका–४ का २५ वर्षीय धीरेन्द्र कुमार यादव र न्युज टाइम्स टेलिभिजनका जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका २४ वर्षीय पत्रकार सन्तोष कुमार यादव रिपोर्टिङ गर्नका लागि सो घटनास्थल पुगेका थिए।

रिपोर्टिङ गरेर फर्किने क्रममा एकजना बाटोमा गइरहेको व्यक्तिको टाउको पूर्णरूपमा फुटिसकेको र उहाँ कराउँदै गइरहेको बेला हामीहरुले के भयो भनेर सोधपुछ गर्न थाले, सोही सोधपुछको क्रममा करिब ६०–७० जना प्रहरीको समूह आएर एक्कासी लाठी चार्ज सुरु गरे। आफूहरू सञ्चारकर्मी भएको भए पनि कुनै किसिमको वास्ता नगरी कुटपिट भएको जबकि घाँटीमा कार्ड समेत झुन्ड्याएको थिए। पत्रकार पुरुषोत्तम यादवले बताए।

पत्रकार धीरेन्द्र कुमार यादवलाई छाती, हात र ढाडमा गहिरो चोट लागेको छ। पुरुषोत्तम यादवलाई टाउकोमा गम्भीर चोट लागेको छ भने सन्तोष कुमार यादवले भागेर आफ्नो ज्यान बचाएका छन्। प्रहरीहरूले पत्रकारको एक थान मोबाइलसमेत खोसेको छ।

यस विषयमा राति नै पत्रकार यादवले नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यालय, नेपाल पत्रकार महासंघ धनुषा शाखा र मिडिया काउन्सिल मधेस प्रदेश कार्यालयमा जानकारी गराइसकेको बताए।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरी रेग्मीले यस घटनाबारे बुझ्ने प्रयास भइरहेको बताउनुभयो।

सन्तोष कुमार यादव