सिरहा : औरही गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा देव शरण यादवले प्रमुख प्रशासकीय अधिकृतको रूपमा आइतबार पदभार ग्रहण गरेका छन्।

यसअघि चन्द्र नारायण चौधरीले सो पदमा कार्यभार सम्हालिरहेका थिए।

धनुषाको कमला नगरपालिका निवासी यादव लामो समयसम्म धनुषाका मालपोत तथा जिल्ला अदालत जनकपुरधाममा कार्यरत रहँदै आएका अनुभवी कर्मचारीका रूपमा परिचित छन्।

उनलाई पदभार ग्रहणको अवसरमा गाउँपालिका अध्यक्ष शिवजी यादवसहित जनप्रतिनिधिहरूले स्वागत गरेका थिए।

सो क्रममा प्रमुख प्रशासकीय अधिकृत यादवले विकास र सुशासनलाई प्राथमिकता दिने र कानुनले दिएको अधिकार प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।