काठमाडौं ।  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् ।

भेटमा राजदूत श्रीवास्तवले नेपालको उन्नति, समृद्धि, विकास र पुनर्निर्माणमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

साथै उनले नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारतको समर्थन रहने पनि बताएका छन् ।