काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वि.सं.२०८२ सालको बडादशैंसँग सम्बन्धित शुभसाइत सार्वजनिक गरेको छ । मन्त्रालयले जनाएको अनुसार असोज ६ गते घटस्थापनाबाट प्रारम्भ हुने यस वर्षको दशैंमा असोज १६ गते बिहीवार बिहान ९:२३ बजे विजया दशमीको साइत परेको छ ।

यसअन्तर्गत असोज ६ गते घटस्थापना बिहान ९:१३ बजे, असोज १३ गते फूलपाती श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे, असोज १४ गते महाष्टमी, असोज १५ गते महानवमी तथा असोज १६ गते विजया दशमी मनाइने उल्लेख छ । टीका लगाउने साइत भने सोही दिन बिहान ११:५३ बजे पूर्व मोहडाबाट राखिएको छ ।

दशैंसँगै असोज २० गते सोमवार कोजाग्रतव्रत तथा पूर्णिमाव्रत समेत पर्छ ।