काठमाडौं । कान्ति लोकपथको एकान्तकुना सडक खण्ड दुई महिना बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले आज एक सूचना जारी गर्दै कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जानकारी दिएको हो ।

सार्वजनिक सूचनाअनुसार यही मंसिर २० गतेदेखि आगामी दैनिक बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उक्त सडक खण्ड बन्द रहनेछ ।

सो योजनाअन्तर्गत आवश्यक प्राविधिक कार्य छिटो तथा प्रभावकारी रूपमा सम्पन्न गर्न बाटो बन्द गरिएको प्रशासनले जनाएको छ ।

यस अवधिमा कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन तथा सर्वसाधारण यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।