काठमाडौं । दशैंलाई लक्षित गरी सरकारले घटस्थापनादेखि २२ असोजसम्म देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधनका लागि अग्रिम टिकट बुकिङ पनि निरन्तर रहनेछ ।

तर, खाद्यान्नबाहेकका ठूला ट्रेलर तथा भारी सवारी साधनलाई ६ असोजदेखि २० असोजसम्म नारायणघाट–काठमाडौं रुटमा चल्न नपाउने व्यवस्था गरिएको छ ।

आयात–निर्यातका सवारी भने भन्सार कार्यालय खुला रहने दिनमा सञ्चालन गर्न सकिनेछन् ।