जनकपुर । चैत्र १८ गते ।महोत्तरीमा घाँस काट्न गएका ७ जना सम्पर्क विहीन भएको छ । मंगलबार महोत्तरीको भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका २ बालिका र ५ किशोरीसहित ७ जनाको समूह सम्पर्कविहीन भएको हो । उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किंदा स्थानीयवासी तनावमा परेका छन् ।
सम्पर्कविहीन हुनेहरुमा स्थानीय १२ वर्षीय सिमा पासवान,१२ वर्षीय रञ्जन पासवान,१३ वर्षीय जयोती पासवान,१३ वर्षीय रिया पासवान, ११ वर्षीय अर्चना पासवान, १७ वर्षीय नगीना पासवान र २० वर्षीय अस्मिता पासवान रहेका छन् । उनीहरु सम्पर्कविहीन भएको भङ्गहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले जानकारी दिए । सम्पर्क विहिन भएकाहरुलाई आसपासको स्थानियलाई खोजीकार्यमा सहयोग गर्न आग्रह, साथै सुरक्षा निकायले सशस्त्र प्रहरी र सेना समेत परिचालन गरि खोजीविन गरिदिन समेत मेयर साहले आग्रह गरेको छ ।
उनीहरु सबै घर नजिकैको चौरमा दिउँसो घाँस काट्न गएको र साँझसम्म घर नफर्किंदा खोजबिन सुरु गरिएको नगर प्रमुख साहले बताए । वेपत्ता बालिका र किशोरीहरूको खोजी गर्न प्रहरी टोली खटिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।