काठमाण्डौ । चैत्र ५ गते । नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको प्रमूख सचेतक बिसाल भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो । पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न सांसदहरुलाई सचेत गराउने निर्णय पनि भएको उहाँको भनाई छ ।
बैठकमा प्रधानमन्त्री एव नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र जनवादको अभ्यासका निहुँमा अराजकता बढेको बताउनुभएको थियो । ‘जसले जानेर वा नजानेर यस्ता गतिविधि गर्नु भएको छ, पहिला उहाँहरुलाई सचेत गराउने र यस्ता गतिविधि नगर्न आह्वान गराउने, अटेर गरे स्पष्टीकरण माग्ने, त्यसो गर्दा पनि मान्दैनन् भने विधानअनुसार कारबाही प्रक्रिया अगाडि बढाउनु पर्छ ।’ ओलीको भनाई छ ।
आजको बैठकले एमाले संसदीय दलको २७ सदस्यीय बोर्ड समेत गठन गरेको छ । आजको बैठकमा झलनाथ खनाल–माधवकुमार नेपाल समूहका केही सांसद पनि सहभागी भएको बताइएको छ । सभार सिआईएन