श्रीकान्त झा । जनकपुरधाम । असोज १० गते । जनकपुरमा विगतको वर्षदेखि विक्राल समस्याको रुपमा रहेको खुल्ला छाडा चौपाया नियन्त्रण गर्न सम्बन्धीत निकायले चाँसो लिए पनि प्रभावकारी देखिएको छैन । जनकपुर उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले संयुक्त रुपमा जनकपुरको सडकमा जथाभावी खुल्ला रुपमा छाडिएको छाडाचौपाया नियन्त्रण अभियान पटक पटक सञ्चालन गरे पनि कुनै प्रभान नपरेको कारण स्थानिय वासी देखि सावारी चालक र यात्री समस्यामा परेको छ ।
धनुषा ट्राफिक सडक व्यवस्थितमा सहयोग गर्नुको सट्टा राजश्व अशुलिमै व्यत रहेको पाईएको छ ।
जनकपुरको सडकबाट पटक पटक नियन्त्रणमा लिएर जरिवाना गरिनुको साथै कान्जी हाउसमा चौपाया थुन्ने कार्य गरे पनि चौपाया धनिलाई चेतनाको कमीले चौपाया जनकपुरधामको सडकमा देखिन्छ । छाडा चौपाया नियन्त्रण गर्न सवभन्दा पहिला चेतनाको आवश्यकता देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख परशुराम घिमिरेले टुडे एक्सपैसलाई जानकारी दिएको छ । नियन्त्रणमा लिएका गाईबाछाबाछी उपमहानगरपालिका कार्यालयको कान्जी हाउसमा राखिन्छ र पुनह जरिवाना लिएर आईन्दा चौपाया नछाडिने सर्तमा छाडिन्छ फेरी केहि छिन मै सडकमा देखिन्छ । यो एउटा गम्भिर परिस्थिति देखिएको छ ।
पछिल्लो समय जनकपुरको सडकमा गाई बाछाबाछी जस्ता छाडाचौपया खुल्ला रुपमा छाड्ने प्रवृति केहि मौलाउदै गएको हो । जस्को कारण जनकपुरको ट्राफिक अवस्था अस्तव्यस्त भई सर्वसाधारण र सवारीसाधन आवागमनमा समस्या उत्पन्न हनुको साथै सडक दुर्घटना हुन थालेपछि सम्बन्धीत निकायको चौतर्फी आलोचना हुदै आएको छ । गाई ,बाछा,सुँगुरको विगविगीले दिउसै सडकबाटोमा सर्वसाधारणलाई समस्या हुँदै आएको छ ।
नगर भित्रका ऐेतिहासिक तथा धार्मिक धरोहरका मठ मन्दिर , पोखरी तलाउहरु फोहर भई बाहिरबाट जनकपुर आउने तिर्थालुहरुलाई समेत समस्या ब्यहोर्नु परेको छ । केहि सप्ताह अघि देखि जनकपुरका पूरातात्विक महत्वका पोखरीहरु स्वच्छ सफा गर्ने अभियान थाले पछि यस प्रति सबै पक्ष जागरुक हुदै गएका छन् ।
वर्षौ देखि विकराल समस्याको रुपमा रहेको छाडा चौपाया नियन्त्रणका लागि यस पटक ट्राफिक प्रहरी र जनकपुरउप महानगरपालिकाउ संयुक्त रुपमा कडा कारबाहीको व्यवस्थाका साथ चेतावनी सहित अघि बढने विश्वास छ ।