काठमाण्डौ । पुस १३ गते । पछिल्लो २४ घण्टामा देशभर ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेमा २ सय ५२ जना महिला र ४ सय ७ जना पुरुष रहेका छन् । २४ घण्टामा ५ हजार ५७८ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख १५ हजार २३२ पीसीआर परीक्षण भएका छन् । योसँगै देशभर सङ्क्रमितकको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या ६ हजार ४४५ छ भने क्वारेन्टाइनमा ३६९ जना रहेका छन् ।
त्यसैगरी २४ घण्टामा ७ सय १८ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८३२ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७८ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमित हुनेमा १ सय ११ महिला र १ सय ७६ जना पुरुष रहेका छन् । काठमाडौंमा २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जना कोरोना सङ्क्रमित देखिएका हुन् । सभार सिआईएन