काठमाण्डौ । पुस १३ गते । चिनियाँ कम्युनिस्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले राजनितिक भेटवार्ता जारी राखेको छ । आज चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेटेको छ । प्रचण्डलाइ उहाँकै निवास खुमलटारमा र नेपाललाई बानेश्वर स्थित एभरेस्ट होटलमा भेटेको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यान सहितको ४ सदस्यीय टोलीले प्रचण्डलाइ भेटेपछि नेपाललाई भेट्न बानेश्वर पुगेका थिए । भेटमा पछिल्लो विकसित राजनीतिक विषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । टोलीले आज नै वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट्ने छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजन भएको नेकपाको विवाद मिलाउन चिनियाँ कम्युनिस्ट पार्टी अहिले सक्रिय बनेको छ । सभार सिआईएन