जनकपुरधाम । मंसिर ९ गते । नेकपा नेता तथा पुर्वमन्त्री रघुविर महासेठलाई गृह जिल्ला धनुषामै एक समूहले कालो झण्डा देखाएर विरोध गरका छन् । मिथिला नगरपालिका ११ स्थित सुन्दरी खोलाको पुल निर्माणमा चलखेल गरेको भन्दै सोही ठाउँका बासिन्दा कालोझण्डा देखाएका हुन् ।
पुर्वमन्त्री महासेठ सोमवार मिथिला नगरपालिका ११ मै पर्ने तुलसी भनिने ठाउँमा पार्टी प्रवेश कार्यक्रममा गएका थिए । सोही बेला स्थानीयले कालो झण्डा देखाउँदै उनीविरुद्ध प्रदर्शन गरेका छन् ।
सर्वे भएको ठाउँमा पुल बनाउनुको साटो मन्त्री महासेठले चलखेल गरी अर्को ठाउँमा पुल बनाउन लागेको स्थानीयको आरोप छ । करिव ३० घरधुरीलाई मात्र लाभान्वित हुने ठाउँमा योजना लागेको स्थानीय एक युवकले बताए । उनले भने, ‘सर्वे गरिएको ठाउँमा पुल नबनाए कडा आन्दोलन गर्छौ ।’ राष्ट्रको सम्पत्ति दुरुपयोग नहुने गरी धेरभन्दा धेरैै र जनताले सुविधा पाउन सक्ने ठाउँमा पुल बनाइदिन स्थानीयले मन्त्री महासेठसँग माग गरका छन् । सभार टुडे एक्सप्रेस