जनकपुरधाम । मंसिर ९ गते । धनुषामा एक किशोरीसँग सामूहिक बलात्कार गरी हत्याको पूयास गरिएको छ । घट्ना जिल्लाको मिथिला नगरपालिका वडा नम्बर २ नकटाझिजको हो । यहाँकी १८ बर्षीया किशोरीसँग तीन जना मिलेर गत मंसीर ३ गते सामूहिक बलात्कार गरका छन् । नकटाझिजबाट किशोरीलाई महोत्तरीको बर्दिवास लगेर सामूहिक बलात्कार गरकोे र त्यसपछि हत्याको प्रयास गरिएको हो । हत्या प्रयास गर्ने क्रममा किशोरीको घाटी थिचिँदा उनी सिकिस्त बनेकी छन् । उनको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा आइसियूमा उपचार भइरहेको छ ।
गत मंसीर ३ गते साँझ किशोरीकी मितिनीका देबर राजेश महतोले फोन गररे घर नजिकैको सडकमा बोलाएका थिए । किशोरी गएपछि उनीसहित दुई जनाले मुखमा रुमाल कोचेर बोल्न नदिई बर्दिवास लगेको र त्यहाँ थप एक जना आएर पालैपालो बलात्कार गरका थिए । बर्दिवासको एक होटलमा आफूलाई लगेर करणी गरको भएपनि होटलको नाम आफूलाई थाहा नभएको उनले बताएकी छन् । बलात्कार गररे उनीहरूले आफूलाई घर छाड्न मोटरसाइकलमा ल्याइरहेको बखत घटनाबार अरुलाई बताइदिने भन्दा उनीहरूले सडकमै रोकेर आफ्नो घाँटी थिचेर मार्ने प्रयास गरको उनले बताइन् ।
सल लिएर त्यसकै पासो बनाएर उनीहरूले मलाई एउटा रुखमा झुण्डयाएको उनको भनाई छ । झुण्डयाएको निलडाम उनको घाँटीमा अहिले पनि देख्न सकिन्छ । आफूलाई झुण्डयाएर उनीहरू भागेको केहि बेरमै गाउँकै एक जनाले आफूलाई देखेपछि उद्वार गरको र घर पु¥याएलगत्तै परिवारजनले तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल ल्याएको युवतीले बताइन् ।
आफूलाई झुण्डयाउने क्रममा आफ्नो घाँटीमा लगाएको सुनको सिक्री, कानमा लगाएको सुनकै बाली र मोवाइल समेत उनीहरूले लुटेको युवतीले बताएकी छन् । घट्ना सार्वजनिक भए लगत्तै प्रहरीले घट्नामा संलग्न भएका दुई युवकलाई पक्राउ गरको छ । फरार भएका एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । घट्नामा संलग्न भएका २० बर्षीय शिबचन्द्र कृपाल महतो र १९ बर्षीय सरोज महतोलाई पक्राउ गरिएको छ । उनीहरूबिरुद्व अपहरण तथा शरीर बन्धक, जर्वजस्ती करणी र कर्तव्य ज्यान उद्योग शिर्षकमा मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तिर्थ कार्कीले बताए । सभार टुडे एक्सप्रेस