जनकपुरधाम । मंसिर ६ गते । सिरहामा छठ घाटबाट कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमाशंकर पजियारले दिएको जानकारी अनुसार सिरहाको औरही स्थित छठ घाटमा हतियार वोकेर हिडेका एक यूवकलाई हतियार सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा औरही गाउँपालिका ५ का रबिन दास रहेका छन् । उनको साथबाट एक थान सानो पेस्तोल र २ थान गोली बरामद भएको छ । स्थानीय विनोद यादवलाई गोली मार्ने योजना बनाएका थिए दास । तर योजनाबारे प्रहरीले सूचना पाएपछि तत्कालै छठ घाट पुगेर उनलाई नियन्त्रण लिएको छ ।
औरही प्रहरीले दासलाई अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाउन ल्याईएको प्रहरी उपरिक्षक पजियारले वताए ।