रेडियो जनकपुर व्यूरो । जनकपुरधाम । कर्तिक २६ गते । धनुषाका स्थानिय व्यापारीहरुलाई बेला बेला प्रहरीकै भेषमा नक्कली प्रहरी बनेर समाजमा लुट र आतंक मच्चाउने एक युवाबाट स्थानियहरु समेत हैरान बनाएको रहस्य खुलेको छ ।
धनुषाको मिथिला विहारी नगरपालिका वाडा नम्वर ७ का मनोज साह तेलीले स्थानि व्यापारीलाई बेला बेला प्रहरीकै भेषमा नक्कली प्रहरी बनेर समाजमा लुट र आतंक मच्चाउदै आईरहेको वखत स्थानियहरुले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय तारापट्टिलाई जिम्मा लगाए पनि प्रहरीले नै संरक्षण दिईरहेको कारण नक्कलि घुमुवालाई प्रोत्तसाहन दिई छाडेको स्थानियले आरोप लगाएको छ । बेला बेला प्रहरीकै भेषमा नक्कली प्रहरी बनेर समाजमा लुट र आतंक मच्चाउनेबाट स्थानियहरु समेत हैरान बनेको हुदा पनि प्रहरी उस्को संरक्षण गर्नु अर्थपूर्ण छ ।
एक जना स्थानिय नाम नखोल्ने शर्तमा भने स्थानियहरुले रंगेहाथ नियन्त्रणमा लिएर प्रहरी बुझायो तर कर्यबाहि भएन र केही समयमै रिहा गरेकोले प्रहरी कै मिलोमतोमा नक्कली घुमुवा परिचालि रहेको पाईएको अनुमान स्थानीयले गरेका छन्। त्यति मात्रै होईन मनोजले किहि दिन पहिला जनकपुरधाम १७ मानसिंहपट्टि स्थित रहेका पानी फयाक्ट्रीमा पुगेर आफु कर कार्यलय जनकपुरको कर्मचारी रहेको वताउदै फाईहरु देखाउन भने त्यसपछि पैसा माग्न थालेपछि खानेपानीका कर्मचारीलाई शंका लाग्यो अनि प्रहरी बोलाउने भने लगतै त्याहाँबाट फरार भएको थियो ।
त्यस पछि बेङाशिवपुरमा ब्लेकियासंग म राष्ट्रिय अनुसंधानको कर्मचारी भनी पैसा माग्दा प्रहरिमा नक्कलि प्रहरिलाई कार्यबाहि गरि पाउ भनी जितो देविले दर्ता नं २३९७मा जिल्ला प्रहरी कार्यालय,धनुषामा दर्ता हुदा पनि कार्यबाहि गरेको छैन । पटक पटक स्थानियहरुले नियन्त्रणमा लिएर प्रहरीमा वुझाए पनि प्रहरी तारिकमा छोडनुले धनुषा प्रहरी शंकाको घेरामा रहेको छ ।
स्रोतका अनुसार धनुषा निर्वाचन क्षेत्र नम्वर ४ का संसद एवमं पूर्व मन्त्री रघुविर महासेठ नक्ली प्रहरी मनोज साहको सेटिङ्ग रहेको कारण महासेठको ईसारामा तारापट्टिका प्रहरी हिडिरहेको कारण नक्कली प्रहरी मनोजलाई प्रहरीले छोडछन् । जिल्ला प्रहरी कार्यालय धनुषामा मनोजलाई स्थानियहरुले झिएपछि साधारण तारिकमा छाडिए छ भने मनोज माथि थप अनुसंन्धान गरिरहेको जिल्ला प्रहरी कार्याले धनुषाका प्रहरी उपरिक्षक वसन्त वस्नेतले जानकारी दिनुभयो ।
पहुच नपुगेका तथा असहाय जनताले पसलवाट विष्कुट चोरे पनि उसलाई कारगार पठाईन्छ वा अनुसंन्धानको नाउँमा थुनुवामा राखिन्छ प्रहरी कै पोसाकमा दाग लगाउने कार्य गरिरहेका व्यक्तिलाई छुट दिनु अपराधलाई वरहावा दिनु हो भने ठहर छ ।