जनकपुरधाम । कर्तिक १ गते । धनुषा प्रहरीले करिव ११ मुल्य बराबरको अवैध चोरी निकासी गरेको सामान पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्त एवमं प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रले दिएको जानकारी अनुसार विभिन्न स्थान र फरक समयमा चोरी निकासि गरेको अबै लाखौको सामान पक्राउ गरेको छ ।
धनुषाको बिदेह नगर पालिका वडा नं. १ ठाडि स्थितमा प्रहरी चौकी ठाडिझिझाबाट प्र.स.नि. को कमाण्डमा खटिको गस्ती टोलीले को. १ ज ३७६० नं. को म्याजिक गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा भन्सार छली लाँदै गरेको मटर ( केराउ) २५ के.जी. को ४० बोरा रू. ८०,०००।, कालो मरिच २५ के.जी.को ६ बोरा रू. ८६,१००।, सुकमेल ४ के.जी. रू. ५,५००।, छोहोरा १०० के.जी. रू ११,४००।, म्याजिक गाडी थान १ रू. ५,००,०००।– गरी रू ६,८३,०००।– बराबरको समान र म्याजिकका चालक जिल्ला धनुषा बिदेह नगर पालिका वडा नं. ६ मा बस्ने वर्ष ४५ को शिव कुमार झा र सोही गाडीमा सवार रहेका
जिल्ला धनुषा बिदेह नगर पालिका वडा नं. १ मा बस्ने वर्ष २२ को अजय कुमार साहलाई समेतलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको छ ।
यता धनुषाको नगराईन नगर पालिका वडा नं. २ जटही स्थित सिमा प्रहरी चौकी जटहिबाट गस्तिमा खटि गएको टोलीले सार्वजनिक बाटोमै वेवारिसे अवस्थामा रहेको मटर केराउ २५ के.जी. को ६४ बोरा रू. १,२८,०००।– र सोफी मदिरा ३०० को ६८७ बोतल रू ६,८७०।– गरी जम्मा १,३४,८७०।– बराबरको सरसमानहरु बरामद गरेर आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको छ ।
त्यस्तै धनुषा औरही गाउँ पालिका वडा नं. १ स्थितमा प्रहरी चौकी धनौजीबाट गस्तिमा खटि गएको प्रहरी टोलीले भन्सार छलि ल्याएका मटर २५ के.जी. को १४ बोरा रू. २८,०००।, खाध मल ५ बोरा रू. ५,०००।, चिनी ५० के.जी. को २ बोरा रू. ६०००।, छोहोरा १५० के.जी. रू. १७,७००।– गरी जम्मा रू. ५६,७००। बराबरको सरसमानहरु बरामद गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको छ ।
भने धनुषाकै धनुषाधाम नगरपालिका ३ स्थित धनुषाधामबजरामा ईलाका प्रहरी कार्यालय धनुषाधाम बाट गस्तीको टोलीले प्रहरी टोलीले अबैधरुपमा भन्सार छली चोरी निकासी गरी ल्याएको ४ वटा पोकामा रू. २,७८,८८०।– बराबरको बिभिन्न किसिमका लत्ताकपडाहरु नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको प्रहरी नायव उपरिक्षक मिश्रले जानकारी दिएको छ।