Thursday, July 10, 2025
Radio Janakpur 97 Mhz
Your browser does not support the audio element.
  • होमपेज
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Radio Janakapur, radiojanakpur 97 mhz,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

जोखिमबाटै सहकार्य र एकता सम्भब : प्रधानमन्त्री प्रचण्ड

जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्छः प्रधानमन्त्री वैशाख १०, ललितपुर। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभएको छ। सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, ‘जोखिमहरू छन्। जहिले पनि रहन्छन्। तर, जोखिमकै बीचबाट परिणाम दिने कुरा मुख्य हो। हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौँ। जोखिमकै बीचबाट यसलाई अगाडि बढाउनुपर्छ।’ कार्यक्रममा नेकपाका संस्थापक नरबहादुर कर्माचार्यप्रति श्रध्दाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नरबहादर कर्माचार्यप्रति हार्दिक श्रध्दाञ्जलि र सम्मान व्यक्त गर्दछु। उहाँ सधै एकताको पक्षधर हुनुहुन्थ्यो। उहाँ विचारमा दृढ हुनुहुन्थ्यो। सरल, निष्ठावान, मिलनसार, विचार जीवित राख्ने प्रेरणाको स्रोत हुनुहुन्थ्यो। पछिल्लोसमय उहाँसँग राम्रो सहकार्य भयो। राम्रो अभिभावकको भूमिका निभाउनुभयो।’’ प्रधानमन्त्रीले एकपटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘अघिल्लो एकता बचाउन सकिएन, तर एकपटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन। समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ। स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ।’’ प्रधानमन्त्रीले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्ने आजको आवश्यकता हो। हामी सबै समाजवादमा सहमत छौँ। विज्ञान प्रविधिको विकास, एआइले मानवीय जीवनमा पार्ने प्रभाव, विश्वका देशहरूको सम्बन्ध, जलवायु परिवर्तन जस्ता विषयको अध्ययन, अनुसन्धान र विश्लेषण जरूरी छ। यी विषयहरूसमेतका आधारमा नयाँ कार्यदिशामा जानुपर्छ। जस्ता कुराहरूलाई नयाँ कोणबाट हेर्नुपर्छ।’’

News Desk by News Desk
April 23, 2024
A A
0
189
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

Related articles

बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

May 24, 2024

ग्लो टु ग्लो

May 8, 2024

Share76Tweet47

Related Posts

बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

by रेडियो जनकपुर
May 24, 2024
0

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सङ्घीय सरकारले घोषणा गरेको कार्यक्रम बिर्सिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत बालेनले प्लास्टिकजन्य...

ग्लो टु ग्लो

by News Desk
May 8, 2024
0

संकटमा प्रचण्ड दिनगन्ति शुरु ।

by News Desk
May 7, 2024
0

संसद्को बजेट अधिवेशन आह्वान रातोपाटी संवाददाता

by News Desk
May 2, 2024
0

आज बिश्व श्रमिक दिवस

by News Desk
May 1, 2024
0

Load More

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
बारामा चिसोले जनजीवन प्रभावित, नियमित उडान २ सातादेखि अवरुद्ध

बारामा चिसोले जनजीवन प्रभावित, नियमित उडान २ सातादेखि अवरुद्ध

January 20, 2024
बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

May 24, 2024
श्रम स्वीकृति लिएर विदेश जाने ६ महिनामा तीन लाख

श्रम स्वीकृति लिएर विदेश जाने ६ महिनामा तीन लाख

January 20, 2024
अयोध्या जाने श्रद्धालुका लागि भारतीय रेल जनकपुरधाम आउँदै, साँझबाट बुकिङ

अयोध्या जाने श्रद्धालुका लागि भारतीय रेल जनकपुरधाम आउँदै, साँझबाट बुकिङ

January 20, 2024
मधेस प्रदेश सरकारका एक वर्षे उपलब्धि सार्वजनिक

मधेस प्रदेश सरकारका एक वर्षे उपलब्धि सार्वजनिक

0

काठमाडौंबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने

0
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै

कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै

0
हात्तीले दैनिक घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य

हात्तीले दैनिक घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य

0
बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन !

May 24, 2024

ग्लो टु ग्लो

May 8, 2024

संकटमा प्रचण्ड दिनगन्ति शुरु ।

May 7, 2024

संसद्को बजेट अधिवेशन आह्वान रातोपाटी संवाददाता

May 2, 2024

  • Privacy Policy

© Radio Janakpur 97.0 Mhz

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध