NIC Asia ब्याजमा काढेर दिएको पैसा लिएर एजेण्ट भागेपछि समस्यामा

0

समिताकुमारी तामाङ/धनुषा

पुस २१ – विदेश पठाइदिने भन्दै पैसा लिएर एजेण्ट भागेपछि धनुषाका रमेश समस्यामा पर्नुभएको छ । एजेन्ट हरिनारायण यादवले कतारको सिनेमा हलको काममा पठाइदिने भन्दै एक लाख रुपैयाँ लिएर नपठाएपछि उहाँ समस्यामा पर्नुभएको हो ।

पठाउन अग्रिम पैसा चाहिने बताएपछि रमेशले सयकडा तीन रुपैयाँ ब्याजमा ऋण लिएर एजेण्टलाई एक लाख रुपैयाँ बुझाउनुभएको थियो । तर पैसा लिएको ९ महिना बितिसक्दा पनि उनले पठाएका छैनन् ।

विदेश पठाउन नसकेका हरिनारायणले फोन उठाउन छोडेपछि रमेशले आफू विदेश नजाने भन्दै पैसा फिर्ता माग्नुभयो । सुरुमा फिर्ता दिने बताएका हरिनारायणले अहिले फोन उठाएका बेला म्याद सारिरहेका छन् । उनले शुक्रबार पैसा फिर्ता दिने बताए पनि फोन नै नउठाएको पीडितको भनाई छ ।

पैसा डुबाएको भन्दै परिवारले पनि गाली गर्न थालेपछि रमेश झनै समस्यामा पर्नुभएको हो । यस अघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका रमेश तीन महिनासम्म तलब नपाएपछि घर फर्किनुभएको थियो ।

Share.

Leave A Reply