हत्या गरी फरार रहेका अभियुक्त सात वर्षपछि पक्राउ

0

काठमाडौं, माघ १ – ज्यान मारेर फरार भएका अभियुक्त नरेशकुमार कुमाल ७ वर्षपछि पक्राउ परेका छन् ।

सात वर्षअघि दाङका मणिरामकुमाल चौधरी र आशुकुमारी चौधरी कुमाललाई धारिलो हतियार प्रहार गरी हत्या गरेर नरेश फरार भएका थिए ।

उनलाई बाँके कोहलपुरबाट केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले पक्राउ गरेको जनाएको छ ।

Share.

Leave A Reply