सखडा रोडमा चल्ने बिद्युतीय रिक्साको भाडा घटाउने निर्णय

0

राजविराज, १८ चैत्र । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल बिद्युतीय रिक्सा श्रमिक संघ सप्तरीले सप्तरीको राजविराज–सखडा रोडमा सञ्चालन हुने बिद्युतीय रिक्साको भाडादर परिर्वतन गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षता तथा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव केदार देवको प्रमुख आतिथ्यमा सम्पन्न संघको बैठकले पुर्वाञ्चलको प्रशिद्ध शक्तिपिठ छिन्नमस्ता मन्दीर परिसरमा आगामी चैत्र २८ गतेदेखि शुरु हुने लक्षचन्डी रुद्र महायज्ञलाई दृष्टिगत गरि राजविराज–सखडा रोडमा सञ्चालन हुँदै आएको बिद्युतीय रिक्साको मुल्य घटाउने निर्णय गरेको हो ।
बैठकले यसअघि बिद्युतीय रिक्साले राजविराज देखि सखडा सम्मको भाडा प्रतिव्यक्ति रु. ५० लिदै आएकोमा महायज्ञलाई मध्यनजर गरि सर्वसाधारणका लागि अबदेखि भाडादर प्रतिव्यक्ति रु. ३० निर्धारण गर्ने निर्णय गरिएको अखिल नेपाल बिद्युतीय रिक्सा श्रमिक संघ सप्तरीका अध्यक्ष रामचन्द्र यादवले जानकारी दिनुभयो । संघको निर्णयसँगै सखडा दर्शनका लागि जाने श्रद्धालु तथा सर्वसाधारणलाई राहत पुग्ने विशवास गरिएको छ ।

Share.

Leave A Reply