काठमाडौं, वैशाख २६ – संघीय गठबन्धनले दोस्रो चरणको चुनावअघि नै संविधान संशोधन गर्न दबाबमूलक कार्यक्रम गर्ने भएको छ । गठबन्धनको मंगलबार बसेको बैठकले आफ्नो प्रभाव क्षेत्रमा यही वैशाख २९ र जेठ १ गते प्रर्दशन गर्ने निर्णय गरेको छ ।
गठबन्धले आइतबार चुनाव हुने ३, ४ र ६ नम्बरबाहेकका अरु प्रदेशमा प्रदर्शन गर्ने जनाएको छ । गठबन्धनले स्थानीय तहको संख्या बढाउनुपर्ने, जेठ ४ गते बस्ने संसद बैठकबाटै संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने निर्णय गर्दै दबाब मूलक कार्यक्तम गर्ने राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले जानकारी दिनुभयो ।
गठबन्धनले आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिन, मृतकलाई शहीद घोषणा गर्न पनि माग गरेको छ ।