शाक्यद्वारा ५८ औं पटक रक्तदान

0

पोखरा, १९ चैत । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जद्वारा आयोजित १७ औं वार्षिक रक्तदान कार्यक्रममा पोखरा न्युरोड निवासी जीतेन्द्रमान शाक्यले आज ५८ औँ पटक रक्तदान गरेका छन् । पहिलो पटक २०५५ सालमा रक्तदान गर्नुभएका ४८ वर्षीय शाक्यले त्यसयता आजसम्म ५७ औंँ पटकसम्म रक्तदान गरिसक्नुभएको थियो । पहिलो पटक रक्तदान गरेपछि लगभग केही वर्ष चार÷पाँच महिनाको अन्तरालमा आफूले रक्तदान गरेको जानकारी दिँदै शाक्यले पछिल्ला पाँच वर्षयता प्रत्येक तीन÷तीन महिनाको अन्तरालमा रक्तदान गर्दै आएको बताए ।

रक्तदानले व्यक्ति स्वयम्लाई फूर्तिलो र स्वस्थ बनाउने बताउँदै उहाँले कुनै पनि डरत्रासबिना रक्तदान गर्न सबैलाई आग्रह गर्नुभयो । रेडियो अन्नपूर्णले २०५८ सालदेखि वार्षिक रक्तदान कार्यक्रम गर्दैआएको जानकारी दिँदै रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले पोखरामा रगतको अभाव भएका अवस्थामा आकस्मिक रक्तदान पनि सञ्चालन गरेको बताए । कार्यक्रममा २६८ जनाले रक्तदान गरेको रेडियो अन्नपूर्णले जनाएको छ ।

Share.

Leave A Reply