शशांकको निवासमा कोइराला परिवारको ‘लञ्ज मिटिङ’

0

२  माघ, काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएकै दिन कोइराला परिवारको भेला भएको छ । यो भेटमा ‘शेख परिवार’ पनि जोडिएको छ ।

मंगलबार कांग्रेस महामन्त्री शशांक कोइरालाले आफ्नै निवासमा लञ्ज मिटिङ राखेका हुन्, जसमा शशांक कोइराला, सुजाता कोइराला र मोमहद अफ्ताब आलम सहभागी थिए ।

भेटमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा चर्चा भएको आलमले बताए । उनले भने, ‘यो पारिवारिक भेट हो । पार्टीलाई कसरी अगाडि लैजाने भन्ने छलफल भएको छ ।’

केन्द्रीय कार्यसमितिको बैठकमा पनि आफूहरु समान धारणाका साथ प्रस्तुत हुने उनले बताए ।

तर, पछिल्लो समय शेखर, सुजाता कोइराला पार्टी सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट देखिएका छन भने शशांक कोइराला देउवावप्रति नरम देखिएका छन् ।

Share.

Leave A Reply