जनकपुरधाम,वैशाख ८ गते ।
चुनाव सम्बन्धी प्रशिक्षण खोज्दा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका १३ जना नेता कार्यकर्ताहरुलाई प्रहरीले केहि वेर नियन्त्रणमा लिएको छ । शुक्रबार विहान निर्वाचन कार्यालय धनुषाले आयोजना गरेको प्रशिक्षण कार्यक्रम विथोल्न खोजेको भन्दै प्रहरीले १३ जनालाई पक्राउ गरेको थियो ।
मोर्चाका धनुषा संयोजक सतिष लाल दास, संजय सिंह, परमेश्वर साह, हरिनारायण यादव, रामपुकार यादव, उदय सिंह र रामचन्द्र साह ,प्रमोद यादव, रामरत्न यादव, सुमनकान्त ठाकुर, शिलाकान्त झा, प्रदिप सिंह र सिताराम यादव लगायत पक्राउ परेका थिए ।
पक्राउको विरोधमा मोर्चाका नेता कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी प्रदर्शन गर्दा केहि समय पश्चात उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी उपरीक्षक लालमणि अचार्यका अनुसार जनकपुरको मुजेलिया ग्रामीण विकास प्रशिक्षण केन्द्रको सभाहलमा निर्वाचन आयोगले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई विथोल्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको थियो ।
मोर्चाका १३ नेता कार्यकर्ता केहि बेर धनुषा प्रहरीको नियन्त्रणमा, विरोधमा नाराबाजी
0
Share.