भूकम्पपीडितसँग घुस लिने पक्राउ

0

 

सिन्धुली, १८ चैत । कमलामाई नगरपालिकाका नापी सर्भेक्षक सन्तोषकुमार श्रेष्ठ २२ हजार ५ सय रुपैयाँ घुससहित आज पक्राउ परेका छन् ।
भूकम्पपीडितसँग घर निर्माणका लागि जग्गाको बाटो काट्ने प्रयोजनका लागि घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई रकम लिदालिंदै पक्राउ गरेको छ । नापी सर्भेक्षक श्रेष्ठले भूकम्पपीडितसँग जग्गाको बाटो काट्नका लागि घुस लिंदालिदै पक्राउ गरिएको आयोगको बर्दिबास कार्यालय प्रमुख एसपी राजकुमार लम्सालले जानकारी दिएका छन् ।

Share.

Leave A Reply