सिरहा, माघ १ –बिजुली चोरी गर्ने क्रममा सिरहामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।
सिरहाको सुखिपुर नगरपालिका–४ पोखरभिण्डामा बिजुली चोरी गर्ने क्रममा पोखरभिण्डाका गोविन्द यादवको ज्यान गएको प्रहरीले जनाएको छ । तार हुकिङ गर्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।