काठमाडौं, माघ ५ –राष्ट्रपतिबाट सपथ खाएपछि प्रदेश प्रमुखले औपचारिक रुपमा कार्यभार सम्हाल्दैछन् । ७ वटै प्रदेश प्रमुखले शुक्रबार दिउँसो चार बजे राष्ट्रपति भवन शीतल निवासमा सपथ लिदैँछन् ।
सपथ लिइसकेपछि राष्ट्रपति भवनमै निर्वाचन आयोगले तयार पारेको प्रदेशसभा निर्वाचनसम्बन्धी प्रतिवेदन बुझेर प्रदेश प्रमुखले औपचारिक रुपमा जिम्मेवारी लिनेछन् ।
निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन तयार गरिसकेको छ ।