काठमाडौं, पुस १६ – राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गत २७ औँ पुरुष र ८ औँ महिला खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको छ ।
नेपाल बक्सिङ संघको आयोजना तथा झापा जिल्ला बक्सिङ संघको संयोजनमा पुस २२ देखि २६ गतेसम्म खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको हो ।
५ दिनसम्म चल्ने प्रतियोगिता झापाको विर्तामोडमा गर्ने तयारी भएको नेपाल बक्सिङ संघका कार्यालय सचिव सन्तोष भण्डारीले जानकारी दिनुभयो ।