काठमाडौं, बैशाख १७– नेकपा एमालेले आइतबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक नगर्ने भएको छ ।
पार्टीले घोषणापत्र सार्वजनिक गर्नको लागि पार्टी कार्यालय धुम्बाराहीमा तीन बजेको लागि कार्यक्रम राखेको थियो तर अन्तिम समयमा त्यसलाई स्थिगित गरेको हो ।
घोषणापत्रको सम्पादन कार्य नसकिएको हुँदा त्यसलाई आइतबारको साटो सोमबार बिहान ९ बजे सार्वजनिक गरिनेछ ।
‘अझै सम्पादन सकिएको छैन । आज दिनभर र राती गरेर त्यसको सम्पादन सकेर भोलि सार्वजनिक गरिनेछ,’ पार्टीका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
एमालेले तयार गरेको घोषणापत्रमा युवालाई रोजगारी दिनेदेखि महत्वाकांक्षी योजनाहरु पनि समावेश गरिएका छन् ।
एमालेले आफ्नो घोषणापत्रमा जेष्ठ नागरिकलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने पनि उल्लेख गरेको छ ।
एमालेले मुलुकको आर्थिक विकाशका साथै रेल, ऊर्जा लगायत अन्य पूर्वाधार विकाशका विषयलाई पनि स्थानीय तहको निर्वाचनका लागि तयार गरिएको घोषणापत्रमा उल्लेख गरेको छ ।
पार्टीले भोलि दुई बजे स्थायी समितिको बैठक पनि बोलाएको छ ।