उपेन्द्र यादवसहित शीर्ष दलका नेतासँग छलफलमा प्रधानमन्त्री व्यस्त

0

काठमाडौं, चैत १० – चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न दलका नेताहरुसँग छलफल गर्नुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्रीले एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको हो ।

छलफलमा प्रधामन्त्रीले सिमांकनबाहेकका विषयलाई समेटेर संविधान संशोधनको प्रक्रिया अघि बढाउन एमालेका नेतालाई आग्रह गरेपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले संशोधनलाई समर्थन नगर्न तर प्रक्रियामा लैजान भने समर्थन गर्न सकिने जवाफ दिएको एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो ।

संशोधनको विषयलाई टुंग्याएर चुनावी वातावरण बनाउन प्रधानमन्त्री दाहालको सक्रियतामा केहीबेरमा वालुवाटारमा सर्वदलीय बैठक बस्दैछ । बैठकमा नेपाली कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरु सहभागी हुँदैछन् ।

Share.

Leave A Reply